काठमाडौं - नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मुछिएपछि तरंग सिर्जना भएको छ ।
कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जुसहित पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुसमेत मुछिएपछि यो प्रकरणले पार्टीमा हलचल उत्पन्न भएको हो ।
सुरूमा अनुसन्धान प्रशासकतिर मात्रै सोझिँदा कांग्रेसका नेताहरूले घटनाको गम्भीर अनुसन्धानमा जोड दिएका थिए ।
तर विस्तारै एकपछि अर्को नेता जोडिएको आशंकायुक्त घटना बाहिर आएपछि सबैजना प्रतिक्रियाविहीन बन्न पुगेका छन् ।
जसले पार्टीमा उकुसमुकुसको अवस्था देखिएको छ । विरोध गर्दा पार्टीका नेताको विरोधमा देखिने, नगर्दा गम्भीर ठगीमा समर्थन गरेको जस्तो देखिने दोसाँधमा धेरै नेता कार्यकर्ता रहेका देखिन्छन् । यो प्रकरणमा अहिले रामेछाप कांग्रेसका नेता एवं पूर्वसांसद आङटावा शेर्पा पन मुछिएका छन् ।
व्यक्तिगत रूपमा कांग्रेस नेताहरूले नक्कली शरणार्थी प्रकरणमा जोडिने जोसुकै भए पनि कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।
संसदमै पनि यो विषयलाई कांग्रेसका सांसद रामहरि खतिवडा, आरजु देउवाले सशक्त रूपमा उठाएका छन् ।
उनीहरूले अर्काको चरित्रहत्या हुने गरी समाचार सम्प्रेषण नगर्न र वास्तविकता के हो ? त्यो हेर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमा भने कांग्रेसका अधिकांश नेता कार्यकर्ताले यो प्रकरणलाई अन्त्यसम्मै लगेर अनुसन्धान गर्न र दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।
तर एमालेका एक से एक नेताहरू र तिनका पुत्रहरू जोडिएकाले यो प्रकरण सामसुम हुने हो कि भन्ने चिन्ता छाएको छ ।
अझै एमाले सचिव टोपबहादुर रायमाझी, उपाध्यक्ष रामबहादुर थापा बादलका पुत्र प्रतीक थापा फरार छन् ।
बहालवाला सचिव टेकनाराण पाण्डे नै हिरासतमा रहेकाले घटना कहाँ पुगेर टुंगिने हो प्रस्ट छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।