आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती, हिम्मत भए क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्नुस्

प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती, हिम्मत भए क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्नुस्

  • मिडिया डबली
  • आइतवार, बैशाख २४ २०८०

  • 3.5K
    SHARES

  • प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती, हिम्मत भए क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्नुस्

    काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् ।

    आइतबार राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशन समुदघाटन गर्दै लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो टाउकोमाथि लागेको भ्रष्टाचारको आरोप पखाल्न पनि आग्रह गरे ।

    उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गर्नसमेत माग गरे । जबसम्म ठूला भ्रष्टाचारका फाइल खुल्दैनन् नक्कली शरणार्थी प्रकरण त्यतिकै सामसुम हुने उनको भनाइ छ ।

    ‘विगतका एनसेल, वाइडबडी, ललिता निवास जस्ता ठूला भ्रष्टाचारको फाइल खोल्नुस्, प्रचण्डले कति वर्ष सरकारको नेतृत्व गर्ने हो राप्रपाले समर्थन गर्छ ।

    क्यान्टोनमेन्टमा भएको अनियमितता के हो ? आफूलाई चोखो छु भन्ने लाग्छ भने प्रचण्डजी, आफ्नो टाउकोमाथि लागेको आरोपबाट मुक्त हुने सामर्थ्य देखाउनुस् ।

    होइन भने भ्रष्टाचारको डंगुरमाथि बसेर सुशासनको कुरा धेरै दिन टिक्दैन,’ लिङ्देनले भने । माओवादी लडाकु शिविरमा राज्यको २०औं अर्ब अनियमितता भएको तथ्य बाहिर आएको थियो ।

    प्रचण्ड आफैंले पाँच हजार लडाकू भएकामा ३६ हजार बनाएको भाषण गरेका थिए । क्यान्टोनमेन्टमा साढे चार अर्बको घोटाला भएको त्यसबेला समाचार सार्वजनिक भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend