काठमाडौँ– नेपाली कांग्रेसका सांसद मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा आचार्य मन्त्री बन्न लागेका हुन्।
राष्ट्रपतिको कार्यालयले उनलाई दिउँसो साढे १२ बजे मन्त्री पदमा शपथ दिलाउने तयारी गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
कपिलवस्तु–२ बाट निर्वाचित आचार्य शेखर कोइराला निकट मानिन्छन्। यसअघि सिँचाई राज्यमन्त्री बनिसकेका आचार्य तीन पटक सांसद बनेका थिए।
कांग्रेसमा उनी हाल लुम्बिनी प्रदेशका महामन्त्री छन्। आचार्यलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालको छ। हालका उक्त मन्त्रालयमा रहेका महिन्द्रराय यादवलाई अर्को मन्त्रालय दिने तयारी गरेको बुझिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।