काठमाडौं– पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा संलग्न नभएको बताएका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन्।
‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।
उनी गृहसचिव हुँदा खाण गृहमन्त्री थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।