आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसले भन्यो– नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो संलग्न रहे पनि कारबाही गर्नुपर्छ

कांग्रेसले भन्यो– नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो संलग्न रहे पनि कारबाही गर्नुपर्छ

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २२ २०८०

  • 2.8K
    SHARES

  • कांग्रेसले भन्यो– नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो संलग्न रहे पनि कारबाही गर्नुपर्छ

    काठमाडौं– नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ।

    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

    ‘यस्तो जघन्य अपराध भयो भन्ने खबर आइरहेको छ। यो अमानवीय र आपराधिक काम हो। को–को संलग्न छन्, कसरी संलग्न भएका छन् त्यो त अनुसन्धानबाट बाहिर आउला,’ उनले भने, ‘तर हामी चाहन्छौं कि, जो-जो आपराधिक क्रियाकलापमा संलग्न छन्। उनीहरू सजायको दायरामा आउनुपर्छ र आउँछन्।’   

    यो प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन रहेकोबारे अर्थमन्त्रीसमेत रहेका महतलाई पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘गैरकानूनी क्रियाकलापलाई कहीँकतै पनि राज्य संयन्त्रले संरक्षण गर्न सक्दैन, कल्पना पनि गर्न सकिँदैन।’

    यो प्रकरणमा अनुसन्धान कांग्रेसतिर पनि सोझिएका खण्डमा के हुन्छ भन्ने अर्को प्रश्नमा महतले भने, ‘जसले गलत काम गरेको छ, गलत कामको पर्दाफास हुनुपर्छ। त्यसमा यो ऊ भन्ने कुरा नै छैन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend