काठमाडौं- एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आज वैशाख १७ गतेबाट राजीनामा दिएर नेपाल प्रहरीबाट अलगिने निर्णय गरेको बताएका छन् ।
सरकारले गत शुक्रबार नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा तिम्सिना परेका थिएनन् ।
एसएसपीमा बढुवाका लागि सिफारिसमा नपरेपछि उनले राजीनामा दिएका हुन् ।
नेपालमा प्रहरीमा रहँदा पटक पटक आफूमाथि अन्याय भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्यो भन्ने कुरा म क्रमशः मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यहि सार्वजनिक मञ्चमार्फत राख्नेछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।