आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एआइजी र डिआइजीको दरबन्दी थपियाे, यस्ताे हुनेछ जिम्मेवारी

एआइजी र डिआइजीको दरबन्दी थपियाे, यस्ताे हुनेछ जिम्मेवारी

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 5.2K
    SHARES

  • एआइजी र डिआइजीको दरबन्दी थपियाे, यस्ताे हुनेछ जिम्मेवारी

    काठमाडौं- नेपाल प्रहरीमा एक प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरेको गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए ।

    सङ्घीय संरचनाअनुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृह सचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिए । सोही प्रतिवेदनको एक अङ्गको रुपमा दरबन्दी रहेको थियो ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए। गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भइ कानूनको अङ्ग बनिसकेको छ । 

    यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन । प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसभन्दा माथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ ।

    दरबन्दी थप भएसँगै महानगरीय प्रहरी कार्यालय (मेट्रोे प्रहरी) को नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ले गर्नेछन् । हाल यहाँ डिआइजी विश्वराज पोखरेलको नेतृत्व छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व रहेको स्थान साइबर व्यूरो, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालयमा र  प्रदेश समन्वय निर्देशनालयमा डिआइजीले नेतृत्व गर्ने प्रवक्ता कडायतले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०७:२०:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend