काठमाडौं- एआईजी शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई महानिरीक्षक नियुक्त गरेको हो।
बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरिएका थापाले २०७९ वैशाख १९ गतेसम्मका प्रहरीको नेतृत्व गर्ने छन् ।
थापा बरियतामा पहिलो नम्बरमा रहेका थिए । सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गर्दै आएको थियो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए।
हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्। प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्।
डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।
२८ वर्ष २ महिना लामो प्रहरी सेवाका क्रममा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोक, धादिङ, कास्की र झापामा रहेर काम गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।