काठमाडौं - नेपाल प्रहरीले प्रहरी कार्यालयका सहयोगीमा जागिर खुलाएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले आज शुक्रबार कर्मचारी चाहिएको सूचना प्रकाशन गरेको हो।
खुला र समावेशी गरी माली, बगैँचे, भन्छे, हजाम, सिलाई बुनाई, कुचिकार र खेलाडीमा जागिर खुलेको हो। ९ जना माली, बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ, बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।
खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला रपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्। मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।