आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अनौठो घटना : तस्कर प्रकाउ गर्न जाँदा स्थानीयको आक्रमण, रित्ताेहात फर्कियाे प्रहरी

अनौठो घटना : तस्कर प्रकाउ गर्न जाँदा स्थानीयको आक्रमण, रित्ताेहात फर्कियाे प्रहरी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 7.2K
    SHARES

  • अनौठो घटना : तस्कर प्रकाउ गर्न जाँदा स्थानीयको आक्रमण, रित्ताेहात फर्कियाे प्रहरी

    सांकेतिक तस्बीर

    जनकपुरधाम-  धनुषाको विदेह नगरपालिका–३ दुहबीमा तस्करकाे समान बरामद गर्न गएकाे प्रहरी रिताे हात फर्किएकाे छ । यतिमात्रै हैन् तस्कर र स्थानीयले मिलेर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले हवाइ फायर समेत गरेको छ ।

    भारततर्फ मरिच तस्करी गर्न लागेको थाहा पाएपछि राजीव महासेठलाई नियन्त्रणमा लिन प्रहरी गएकाे थियाे । तर, तस्करसँगै मिलेर स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले समान बरामद गर्न सकेकाे छैन् ।

    स्थानीयको ढुङ्गामुढाका कारण दुई जना प्रहरी सामान्य घाइते भएका छन् । तर स्थानीयले आक्रमण गरेपछि प्रहरीले तस्करको समान बरामद गर्न सकेका छैन् ।

    महासेठले मरिचकाे तस्करी गरिरहेकाे थाहा पाएपछि प्रहरीको टोली पुगेर नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरेपछि उनीहरु ब्याक भए । तस्करलाई वडाध्यक्ष श्रवण कुसियैतले सहयोग गरेको स्थानीयको भनाइ छ।

    स्थानीयको ढुङ्गामुढाका कारण दुई जना प्रहरी सामान्य घाइते समेत भएका छन् । स्थानीयका अनुसार तस्कर राजीव महासेठले तस्करी गर्न लागेको मरिच घरमै लुकाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०७:२०:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend