आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीका गुरिल्लालाई पैसा बाँड्ने प्रचण्डको तयारी, प्रदीप पौडेलले खोले फायर 

माओवादीका गुरिल्लालाई पैसा बाँड्ने प्रचण्डको तयारी, प्रदीप पौडेलले खोले फायर 

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १५ २०८०

  • 1.6K
    SHARES

  • माओवादीका गुरिल्लालाई पैसा बाँड्ने प्रचण्डको तयारी, प्रदीप पौडेलले खोले फायर 

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन्।

    गत चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको भन्ने कुरा सार्वजनिक गरेको पौडेलले बताए । सांसदलाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको पनि उनको भनाइ छ।

    ‘भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक सङ्कटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ,’ पौडेलले भने।

    सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सनसमेत दिन नसकेको विषय सार्वजनिक भइरहेको उनले बताए।

    ‘यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका सङ्केत देखाउन थालिसकेको छ,’ उनले भने।

    अहिले चुलिँदै गएको आर्थिक सङ्कटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक रहेको उनले बताए।

    ‘आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend