काठमाडौं - नेपालका बलर चम्केपछि एसिसी प्रिमियर कप क्रिकेटमा कतार ८९ रनमै अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले आज राम्रो प्रदर्शन गर्न भने सकेन । नेपाललाई ४० ओभरमै अलआउट गरेको कतार पनि २५ दशमलव एक ओभरमै अलआउट हुँदै ८९ रनमात्र बनाउन सकेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि नै सेमिफाइनल प्रवेश गरेको नेपालको समूह ‘ए’ मा सात अंक भएको छ । यो समूहबाट सेमिफाइनल पुगेको ओमानको ६ अंक छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा आफ्नो अन्तिम समूह चरणको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै कतारलाई ८९ रनमै समेटेको हो । १५८ रन पछ्याउने क्रममा कतार २५ दशमलव एक ओभरमा अलआउट हुँदै मात्र ८९ रन बनाउन पुग्यो ।
नेपाल ६८ रनले विजयी भयो । ओपनर ब्याट्समेन कुशल भुर्तेल दुई रनमै आउट भएपछि नेपालको विकेट खस्ने क्रम रोकिएन । एक समय नेपाल २८ ओभरमा नौ विकेट गुमाएको अवस्थामा थियो ।
नेपालका स्पिनर सन्दीप लामिछानेले ४२ रन बटुलेपछि नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको थियो । कतारलाई २५ ओभरमै अलआउट गर्ने क्रममा नेपालका बलर सन्दीप लामिछानेले पाँच र सोमपाल कामीले तीन विकेट लिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।