आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोविन्द भट्टराई भन्छन्– चुनावी माहोल राम्रो छ, चुनाव जित्छु

गोविन्द भट्टराई भन्छन्– चुनावी माहोल राम्रो छ, चुनाव जित्छु

  • मिडिया डबली
  • आइतवार, बैशाख १० २०८०

  • 2.2K
    SHARES

  • गोविन्द भट्टराई भन्छन्– चुनावी माहोल राम्रो छ, चुनाव जित्छु

    काठमाडौं - तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले चुनाव जित्ने बताएका छन् ।

    चुनावी माहोल राम्रो भएको बताउँदै आफूले चुनाव जित्नेमा विश्वस्त रहेको बताएका हुन् । तनहुँ १ मा आइतबार मतदान गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले संसद कानुन बनाउने थलो भएकाले मतदाताले राम्रा मान्छेलाई पहिचान गरेर मतदान गर्नुपर्ने बताए ।

    ‘निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ,’ उनले भने । प्रतिस्पर्धी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पोलटिकल स्टन्ट गरेको उनको भनाइ छ ।

    ‘पुराना गाडी ल्याएर आफैंले ढुंगा हानेर फुटालेर पोलटिकल स्टन्ट गरेकोे देखिहाल्नु भयो,’ भट्टराईले रास्वपाको नाम नलिईकन भने, ‘राजनीति लामो यात्रा हो,समयको पर्खामा सबै मानिसहरु निखारिँदै जानुपर्छ ।’

    उनले केही पर्दा उघ्रिसकेको र समयक्रमसँगै उघ्रिँदै जाने बताए । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बाबु चढ्ने गाडी उनीहरूकै मतदाताले भित्र साँचो छुटेकाले ढुंगाले हानेर सिसा फुटाएका थिए ।

    तर त्यो गाडी कांग्रेसले फुटायो भनेर रास्वपाले आरापे लगाएको थियो । जसको कांग्रेसले सिधै पोलिटिकल स्टन्ट गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २२ २०७९०६:०३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend