आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोविन्द भट्टराईलाई सघाउने पाँच दलको निर्णय

गोविन्द भट्टराईलाई सघाउने पाँच दलको निर्णय

  • मिडिया डबली
  • मंगलवार, चैत्र २१ २०७९

  • 3.1K
    SHARES

  • गोविन्द भट्टराईलाई सघाउने पाँच दलको निर्णय

    दमौली– तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई सघाउने पाँच दलीय गठबन्धनले निर्णय गरेको छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भट्टराईलाई माओवादी केन्द्र, नेकपा एकीकृत, जसपासँगै लोसपालेसमेत विजयी बनाउनका लागि पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेका हुन् ।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव तथा लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी बैठकले तनहुँ १ मा दलहरुका तर्फबाट भट्टराईलाई सघाउने निर्णय गरेको हो ।

    बैठकले गठबन्धनका तर्फबाट साझा उम्मेदवार भट्टराईलाई विजयी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ । यसका लागि दलका सदस्यसँगै भ्रातृ तथा संघ संस्थाका शुभचिन्तक सबैको सहभागीतामा भट्टराईलाई विजयी बनाउन पार्टी पंक्ति परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    गठबन्धनले तनहुँमा भट्टराईसँगै चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ तथा बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवका पक्षमा पार्टी पंक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । भट्टराई अहिले विभिन्न भागमा मतदातामाझ अन्र्तक्रिया अभियानमा सक्रिय छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २२ २०७९०८:१२:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend