आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन बालेनलाई सर्वोच्चको आदेश

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन बालेनलाई सर्वोच्चको आदेश

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ८ २०८०

  • 13.4K
    SHARES

  • तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन बालेनलाई सर्वोच्चको आदेश

    काठमाडौं - सर्वोच्च अदालतले सिंहदरबार क्षेत्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।

    शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो ।

    सर्वोच्चले महानगर प्रमुख बालेन्द्र साहलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत वा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ ।

    अधिवक्ता पदम श्रेष्ठले सर्वोच्चमा सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिका प्रमुख बालेनलगायतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

    बागमती नदी किनारमा सुकुम्बासी बस्तीका घरटहरा हटाउन सरकारले सहयोग नगरेको रिसमा मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि दुई सातादेखि फोहोर थुप्रिएको छ ।

    अदालतको आदेशसँगै अब बालेनलाई सिंहदरबारको फोहोर उठाउन दबाब परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend