आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

शंकर पोखरेलले आफैं खोले विष्णु पौडेलसँगको टसल

शंकर पोखरेलले आफैं खोले विष्णु पौडेलसँगको टसल

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ८ २०८०

  • 3.1K
    SHARES

  • शंकर पोखरेलले आफैं खोले विष्णु पौडेलसँगको टसल

    काठमाडौं - एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पौडेलबीच हाल हार्दिक सम्बन्ध नरहेको देखिएको छ ।

    मंसिरको निर्वाचनमा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित भएपछि पोखरेल पौडेलसँग असन्तुष्ट छन् ।

    थोरै मतले हार्नुमा पार्टीकै नेता कार्यकर्ताको असहयोगले हो भन्ने निष्कर्षमा पोखरेल पुगेका छन् । त्यही भएर पार्टीको औपचारिक मिटिङबाहेक दुवैको भेटघाट र कुराकानी हुन छाडेको एमाले नेताहरू नै बताउँछन् ।

    आफू हार्नुमा उपाध्यक्ष पौडेलको असहयोग रहेको पोखरेलले निकट नेताहरूसँग गुनासो गर्दै आएका छन् । पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएपछि प्रदेश राजधानी दाङ सार्ने निर्णय गरेका थिए । पौडेल बुटवलमै लुम्बिनी प्रदेशको स्थायी राजधानी होस् भन्ने चाहन्थे ।

    यही कारण पोखरेल र पौडेलबीच ‘क्लास’ चलेको बताइन्छ । पोखरेलले दाङको देउखुरी उपत्यकामा स्थायी राजधानी सार्ने निर्णय गराएपछि पौडेलसहित कांग्रेसका नेताहरू पनि आक्रोशित भएका थिए । अहिले पोखरेल र पौडेलबीच भविष्यमा पार्टीको नेतृत्व लिने होड चलेको छ ।

    एमालेको अर्को महाधिवेशनमा केपी ओली अध्यक्ष उठ्न नमिल्ने भएकाले अहिलेदेखि नै पोखरेल र पौडेलबीच प्रतिस्पर्धा सुरु भएको छ । तर पोखरेलले भने पौडेलसँग आफ्नो कुनै मतभेद नरहेको प्रस्टीकरण दिएका छन् ।

    लुम्बिनीमा आयोजित एमालेको ‘ग्रासरुट’ अभियानमा सम्बोधन गर्दै पोखरेलले उपाध्यक्ष पौडेलसँग मतभेद नरहेको प्रस्टीकरण दिएका हुन् । पार्टी पंक्तिमै दुई नेताबीच हार्दिक सम्बन्ध नरहेको गाइँगुइँपछि पोखरेल प्रस्टीकरण दिन बाध्य भएका हुन् ।

    यदि पौडेलसँग टसल देखिएमा अर्को निर्वाचन जित्नु पनि पोखरेलका लागि फलामको चिउरा हुने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend