आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मत सर्वेक्षणः तनहुँमा गोविन्द भट्टराई जित्ने 

मत सर्वेक्षणः तनहुँमा गोविन्द भट्टराई जित्ने 

  • मिडिया डबली
  • बिहिवार, बैशाख ७ २०८०

  • 12.8K
    SHARES

  • मत सर्वेक्षणः तनहुँमा गोविन्द भट्टराई जित्ने 

    काठमाडौं- वैशाख १० गते हुने उपनिर्वाचनमा मिश्रीत परिणाम आउने भएको छ । उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रमा गरिएको एक मत सर्वेक्षणले यस्तो देखाएको हो । 

    तनहुँमा कांग्रेसले नै जित कायम गर्ने देखिन्छ । तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईले जित्ने सर्वेक्षणबाट देखिएको छ। यसअघि कांग्रेसले जितेको सो क्षेत्रमा भट्टराईको पक्षमा मतदाताको सेन्टिमेन्ट देखिएको छ। १ हजार ९ सय ३० मतदातासँग गरिएको सर्वेक्षणमा ९ सय ३० ले रूखमा मत दिने बताएभने ४ सय ७१ ले  घण्टी र ४ सय ३० मतदाताले सुर्य चिन्हमा मत दिने बताए। त्यस्तै १०० जनाले अन्य अथवा कसलाई मतदान दिने प्रष्ट भइनसकेको प्रतिक्रिया जनाए। विकासप्रेमी र स्थानीय पनि भएकाले कांग्रेसका भट्टराईले चुनाव जित्ने सम्भावना सर्वेक्षणले देखाएको छ। यहाँ एमालेबाट सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मैदानमा छन्  ।

    tanahu1.jpg

    विगतमा रामचन्द्र पौडेल उठ्दा गोविन्दराज जोशीका कारण विपक्षमा परेको अधिकांश मत यसपटक भट्टराईलाई पर्ने देखिएको छ। ‘जोशीले समर्थन जसलाई गर्यो उसलाई मत हाल्ने कुरा हुन्न।हिजो रामचन्द्र हुँदाको कुरा भिन्न हो,’ जोशी निकट स्थानीय नेताले नाम नखुलाइदिन आग्रह गर्दै भने, ‘पार्टीले हामीमाथिको कारवाही फुकुवा गरिसक्यो । जोशी सरसँग सति जाने कुरा हुन्न । रूखलाई जसरी पनि जिताइन्छ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २२ २०७९०६:०३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend