सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

निमोनियाको उपचार गर्न विदेश गएको भन्दै राष्ट्रपतिको आलोचना

निमोनियाको उपचार गर्न विदेश गएको भन्दै राष्ट्रपतिको आलोचना

  • मिडिया डबली
  • बुधवार, बैशाख ६ २०८०

  • 2.7K
    SHARES

  • निमोनियाको उपचार गर्न विदेश गएको भन्दै राष्ट्रपतिको आलोचना
    फाइल तस्बिर

    काठमाडौं- अहिले साधारण निमोनिया रोगको उपचार गर्न राष्ट्रपतिलाई विदेश पठाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

    ‘कसैले किड्नी फेर्ने आँट यतै गर्छन्, दिल्ली देखी डा. टोली नै बोलाऊछन्। कसैले निमोनिया नि निको पार्न प्लेन चढ्छ्न्, दिल्ली नै रोज्छन्,’ डा.विशाल ढकालले लेखेको स्टाटस हो यो । यस्तै अर्का डाक्टर अनिल बरालले पनि वीर अस्पतालमा पेट रोगसम्बन्धी तीनजना एमडी गरेका डाक्टर भए पनि उनीहरूलाई कुनै महत्व नदिई राष्ट्रपति रामचन्द्र पौडेललाई विदेश उपचार गर्न लगिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार बिहान एयरलिफ्ट गरी भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनलाई श्री एयरलाइन्सको चार्टर उडानमा नयाँ दिल्ली लगिएको हो । राष्ट्रपतिसँगै उनकी श्रीमती, छोरा, परिवारका अन्य सदस्यलगायत १४ जनाको टोली छ । छातीको संक्रमण र पिसाब पोलेपछि पौडेल मंगलबार हिजो शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । थप उपचारको निम्ति राष्ट्रपतिलाई नयाँ दिल्लीस्थित अल इण्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लगिएको हो ।

    राष्ट्रपति पौडेल पेटसम्बन्धी रोगबाट पीडित छन् । विगतमा उनले पाइल्सको उपचार भारतको नयाँ दिल्लीमा गराएका थिए । अहिले उनको छातीको देब्रेपट्टि मुन्तिर पानी जमेको पाइएको छ । उपचारमा संलग्न चिकित्सकहरूले छातीमा पाने जमेमा निमोनिया, टिबी वा क्यान्सरमध्ये एक हुने अनुमान गरेका छन् । जबकि यी तीनवटै रोगको नेपालकै अस्पतालमा राम्रोसँग उपचार हुन्छ ।

    शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पतालमा राष्ट्रपति पौडेललाई लागेको रोगको मज्जाले उपचार हुने गर्छ । सर्वसाधारण र विपन्न वर्गका नेपाली जनताले यिनै अस्पतालबाट उपचार लिइरहेका छन् । राज्यले विदेशकै जस्तो सुविधा सम्पन्न अस्पताल यहीँ निर्माण गर्न सक्छ । धेरै सरकारी अस्पतालमा विदेशमा पाइने उपकरणसहित नभएका होइनन्, तर पनि यहाँका डाक्टर वा नर्सको किन विश्वास गरिन्न खुल्न सकेको छैन ।

    गत फागुन ४ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी घाइते भए । उनकी ८६ वर्षीया आमाको मृत्यु भयो । भण्डारीलाई दुई दिनपछि भारतको नयाँ दिल्ली उपचारका लागि लगियो । उनी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। अहिले उनको स्वास्थ्यमा निकै सुधार आएको छ । हालै उनले अब आफू चाँडै नेपाल फर्किने र यहीँ उपचार गर्ने भिडियो सन्देश जारी गरेका छन् । भण्डारीको उपचार गर्न राज्यकोषबाट ५५ लाख रुपैयाँ निकासा भएको छ ।

    विगतमा पनि पूर्वराष्ट्रपति रामवरण यादव, सुशील कोइराला, केपी ओली, झलनाथ खनाल, सुजाता कोइरालालगायतको उपचारमा राज्यकोषको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च भइसकेको छ । जीवनभर देश र  जनताका लागि भन्दै राजनीति गर्ने नेताहरू सानो समस्या हुनेवित्तिकै उपचारका लागि विदेशका अस्पतालमा पुग्ने गरेका छन् । अहिले कांग्रेस सांसद भण्डारीको भारत र माओवादी सांसद वर्षमान पुनको चीनमा उपचार भइरहेको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्लड क्यान्सर हुँदा भारतमै उपचार गरिएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २९ २०७९०५:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend