काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एअरलाइन्सको जहाजबाट ९:३० बजे उनलाई भारतका लागि प्रस्थान गराइएको हो।
भारतको नयाँ दिल्लीस्थित एम्स अस्पातलमा लगेर उनको उपचार गराइने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेलको फोक्सोमा संक्रमण देखिएको छ। उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार आवश्यक परीक्षण गरिएको थियो। सोमबार गरिएको भिडियो एक्सरेमा पौडेलको फोक्सोको झिल्लीमा पानी जमेको देखिएको थियो।
पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।