आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोविन्दलाई भोट माग्न भोलि प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपाल डुम्रे जाने 

गोविन्दलाई भोट माग्न भोलि प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपाल डुम्रे जाने 

  • मिडिया डबली
  • मंगलवार, बैशाख ५ २०८०

  • 3.9K
    SHARES

  • गोविन्दलाई भोट माग्न भोलि प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपाल डुम्रे जाने 

    काठमाडौं- तनहुँ १ मा गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न तीन दलका शीर्ष नेता डुम्रे जाने भएका छन् । सत्तारुढ गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा आयोजना गर्ने भएको छ । 

    चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    बारा २ मा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव छन् । चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसकै गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । माओवादीले महासचिव देव गुरुङ र एकीकृत समाजवादीले किसान श्रेष्ठलाई तनहुँ १ मा चुनावी कमान्डर तोकेका छन् । कांग्रेसले महामन्त्री थापालाई कमान्डर बनाएको छ ।

    आज आँबखैरेनीमा गठबन्धनको चुनावी सभा छ । जहाँ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा माओवादी महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलको चुनावी क्षेत्र भएकाले पनि तनहुँ १ मा कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । कांग्रेसलाई गठबन्धनका माओवादी र एकीकृत समाजवादीले कसिलो साथ दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २२ २०७९०६:०३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend