काठमाडौं– सत्ता गठबन्धनले तनहुँ–१ मा मंगलबार (आज) संयुक्त चुनावी सभा गर्दै छ। वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्ष्य गरेर सत्ता गठबन्धनले दमौलीमा चुनावी सभा गर्न लागेको हो।
नेपाली कांग्रेसको ब्यास नगरकार्यसमितिले आयोजना गर्ने चुनावी सभा दिउँसो १ बजे सुरु हुने छ। चुनावी सभालाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस नगर कार्यसमितिले जनाएको छ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।