काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनी उपचारका लागि पाँच दिन अस्पतालमा बसेका थिए ।
फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको पौडेलका निजी चिकित्सक डा. निरज बमले बताएका छन् ।
छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया वा गम्भीर समस्याको संकेत गरेको चिकित्सकहरू बताउँछन् । उमेरले ७९ वर्ष पुगेका पौडेललाई पेटसम्बन्धी समस्या पहिले पनि देखिने गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।