सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बेलायत जाँदै राष्ट्रपति पौडेल, के हो कारण? 

बेलायत जाँदै राष्ट्रपति पौडेल, के हो कारण? 

  • मिडिया डबली
  • आइतवार, बैशाख ३ २०८०

  • 2.7K
    SHARES

  • बेलायत जाँदै राष्ट्रपति पौडेल, के हो कारण? 

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ।  राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुने भएका छन्। बेलायती राजा चार्ल्सको राज्याभिषेक आगामी मे ६ तारिकमा हुँदैछ।

    ‘राष्ट्रपतिज्यू बेलायती राजाको राज्याभिषेकमा सहभागी हुनुहुने तय भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘त्यसका लागि कहिले प्रस्थान गर्ने र भ्रमण कति दिनको हुने भन्ने तय भइसकेको छैन।’

    चार्ल्स सन् २०२२ सेप्टेम्बर ८ मा बेलायती राजा बनेका थिए। उनकी आमा एलिजावेथ द्वितीयको निधनपछि उनी राजा बनेका हुन्।
    उनको राज्याभिषेक वेस्टमिनिष्टर गिर्जाघरमा हुने छ। राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने बेलायती सञ्चार माध्यमले जनाएका छन्। वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन्।

    वकिङघम दरबारले दुई हजार जना पाहुनालाई राज्याभिषेकमा सहभागी हुन निमन्त्रणा पठाएको छ। समारोहमा मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उनकी पत्नी किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाएका छन्। अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने छिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २९ २०७९०५:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend