आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन अपिल

तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन अपिल

  • मिडिया डबली
  • आइतवार, बैशाख ३ २०८०

  • 2.0K
    SHARES

  • तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन अपिल

    दमौली- तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन बाम लोकतान्त्रिक गठवन्धनले अपिल गरेको छ । गठवन्धनमा आबद्ध दलहरूको बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व विकास दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनको विकल्प नभएको बताएको छ ।

    नेपाली काङ्ग्रेसका सभापति जितप्रकाश आले , नेकपा माओवादि केन्द्रका ओमराज आले , नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङ द्वारा संयुक्त रूपमा प्रकाशि त बिज्ञप्तिमा जनाइए अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने बताए ।

    सात दशक भन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा , स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन अपिल गर्दछौं विज्ञप्तिमा भनिएको छ । नेपाली जनताको समृद्धिको लागि वर्तमान बाम लोकतान्त्रिक गठवन्धन दलहरू एक आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार बैसाख १० गतेको निर्वाचनको लागि गोविन्द भट्टराईलाई लिएर आएका छौँ ।

    लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भट्टराई भएकोले उहाँलाई विजयी गराउनुहुन अनुरोध गर्दछौं, गठवन्धनले अपिल गरेको छ ।

    बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठवन्धनले संयुक्त विज्ञप्ति मार्फत क्षणिक आवेग , लोभ र प्रलोभनमा परेर होइन यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई मतदान गरि विजयी गराउन आब्हान गरेसँगै भट्टराईलाई चुनावमा सहज ठानिएको छ ।
    गठबन्धन नेताहरुको सक्रियता

    हाल गठबन्धनका नेताहरु भट्टराईलाई विजयी गराउन स्थानीयस्तरमा सक्रिय भएर लागेका छन् । माओवादी केन्दका नेता हरिबहादुर चुमानदेखि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ तथा प्रतापलाल श्रेष्ठसम्म सक्रिय भएर लागेका छन् । स्थानीय कमिटी परिचालनका लागि माओवादी केन्द्र महासचिव देव गुरुंग पनि तनहुँ आउँदैछन् । यस क्षेत्रबाट यसअघि विजयी नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ पनि चुनावी माहोल बनाउन दमौली आउने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २२ २०७९०६:०३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend