बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस नेता साउद परराष्ट्रमन्त्री बन्दै, यस्तो छ आजै शपथ गराउने कारण

कांग्रेस नेता साउद परराष्ट्रमन्त्री बन्दै, यस्तो छ आजै शपथ गराउने कारण

  • मिडिया डबली
  • आइतवार, बैशाख ३ २०८०

  • 2.8K
    SHARES

  • कांग्रेस नेता साउद परराष्ट्रमन्त्री बन्दै, यस्तो छ आजै शपथ गराउने कारण

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नेपाली कांग्रेसका नेता एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका छन् । उनको आजै दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी छ । 

    गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री कांग्रेसको भागमा परेको थियो। शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार विस्तारका लागि छलफल गरेका थिए। छलफलकै क्रममा प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीका लागि नाम पठाउन देउवालाई आग्रह गरेका थिए। त्यसलगत्तै देउवाले परराष्ट्रमन्त्री नियुक्तिका लागि साउदको नाम पठाएका हुन्। साउद कञ्चनपुर २ बाट निर्वाचित भएका हुन् ।

    वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन् । प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित परराष्ट्र मन्त्रालयमा दाबी गरेका छन् । वैशाख १० गतेको उपनिर्वाचनमा बारा २ बाट विजयी भएमा सरकारमा जाने उपेन्द्रको तयारी छ । उनले आफू सरकारमा गए परराष्ट्र पाउनुपर्ने दाबी गर्दै आएका छन् । सोही कारण कांग्रेसले शनिबार नै नेता साउदको नाम मन्त्री नियुक्त गर्न पठाएको हो ।

    कांग्रेसले आफ्नो भागमा परेको चार मन्त्रालयमा मन्त्रीको नाम दिन नसकेकाले प्रचण्डले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। कांग्रेसका बाँकी चार मन्त्री उपनिर्वाचनपछि नियुक्ति हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend