आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वर्षमान पुनको घरमा चल्यो गोली, के हो कारण?

वर्षमान पुनको घरमा चल्यो गोली, के हो कारण?

  • मिडिया डबली
  • शनिवार, बैशाख २ २०८०

  • 2.4K
    SHARES

  • वर्षमान पुनको घरमा चल्यो गोली, के हो कारण?

    काठमाडौं– शुक्रबार नयाँ वर्षको दिन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको घरमा गोली चल्यो। रोल्पाबाट आएर काठमाडौंको बालुवाटारमा बसोबास गर्दै आएका नेता पुन उपचारका लागि चीन गएका बेला घरमा गोली चलेको थियो। घरमा नेता पुनकी आमासहित परिवारका अन्य सदस्य पनि थिए।

    प्रहरीका अनुसार गोली चलाउने व्यक्ति नेपाल प्रहरीकै एक जना सदस्य हुन्। बालुवाटार सरकारी निवासमा बस्ने एक जना भीआईपीको सुरक्षाका लागि उनलाई खटाइएको थियो। शुक्रबार पनि ड्युटी सकेर उनी फर्किएका थिए।

    शुक्रबार नयाँ वर्ष पनि भएकाले उनी ड्युटी सकेर सोझै आफू बस्ने घर गएनन्। बरु माओवादी नेता पुनको घरमा नयाँ वर्ष मनाउने कार्यक्रममा सहभागी भए। त्यहाँ जानका लागि उनलाई निम्ता पनि भएको बताइएको छ।

    नयाँ वर्षको कार्यक्रममा सहभागीले मदिरा पनि सेवन गरेका थिए। भीआईपीको सुरक्षामा खटिने व्यक्तिले साथमै हतियार राख्न पाउने व्यवस्था छ। त्यही अनुसार उनले साथमै पेस्तोल राखेका थिए। तर मदिरा सेवनकै क्रममा ती प्रहरी र उपस्थित अन्यबीच विवाद भएको थियो।

    विवादका क्रममा ती व्यक्तिले आफूँसँग भएको पेस्तोल निकालेर गोली चलाएका थिए। उनले चलाएको गोलीबाट वर्षमान पुनकी आमा घाइते भइन्। शुक्रबार राति साढे ९ बजे आफ्नै घरमा पाहुना बनेर आएका आफन्तरप्रहरीले चलाएको गोली नेता पुनकी ७४ वर्षीया आमा तीर्थमालीको खुट्टामा पुग्यो। घाइते तीर्थमालीलाई ट्रमा सेन्टरमा उपचार गर्न लगिएको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

    घटना साढे ९ तिरकै भएपनि प्रहरीले भने राती १ बजेतिर मात्र थाहा पाएको थियो। गोली चलेको थाहा पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। राति नै उनी प्रहरीको नियन्त्रणमा पुगे। गोली चलाउने व्यक्तिमाथि अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend