आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सिंहदरबारको फोहोर नउठाएरै प्रचण्डसँग सिंगौरी खेल्ने मनस्थितिमा बालेन

सिंहदरबारको फोहोर नउठाएरै प्रचण्डसँग सिंगौरी खेल्ने मनस्थितिमा बालेन

  • मिडिया डबली
  • बिहिवार, चैत्र ३० २०७९

  • 2.8K
    SHARES

  • सिंहदरबारको फोहोर नउठाएरै प्रचण्डसँग सिंगौरी खेल्ने मनस्थितिमा बालेन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए । उनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो । बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको थियो ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयरको पदमा बसेर मेयरले यसरी हाकाहाकी फोहोर उठाउँदिन भन्न नमिल्ने बताए । उनले बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाए । सरकारमै रहेका केही मन्त्रीले पनि बालेनको कार्यशैलीप्रति विरोध जनाए । 

    काठमाडौं महानगरपालिकाले आइतबारदेखि सिंहदरबारको फोहोर उठाएको छैन । महानगर प्रमुख बालेनको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फोहोर नउठाइएको परिवर्तन नेपालले जनाएको छ । सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन । सिंहदरबारभित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धर सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताउँछन् ।

    सहरी विकासमन्त्री सीता गुरुङलगायत माओवादी नेताहरूले फोहोरमा राजनीति गर्न नहुने बताएका छन् । तर त्यसलाई चुनौती दिँदै बालेनले बिहीबार सामाजिक सञ्जालमा अर्को स्टाटस राखे । जसमा उनले काठमाडौंबाट सिंहदरबार वा राजधानी अन्तै सारेमा कुनै आपत्ति नहुने भन्दै सरकारलाई चुनौती दिए । अहिले सामाजिक सञ्जाल बालेनको राजधानी र सिंहदरबार सार्ने स्टाटसको पक्ष विपक्षमा उभिएको छ । 

    घटनालाई सरसर्ती विश्लेषण गर्दा यसपटक बालेन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंगौरी खेल्ने मनस्थितिमा देखिएका छन् । जबसम्म नदी किनारका सुकुम्बासी हटाउन संघीय सरकारले सहयोग गर्दैन, तबसम्म सिंहदरबारको फोहोर नउठाने उनको अडान छ । यसले गर्दा अब सिधै टक्कर प्रचण्ड र बालेनबीच हुने देखिएको छ । यसमा संघीय सरकार पछाडि हट्छ कि काठमाडौं मेयर पछाडि हट्छन् केही दिनमै देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend