आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको सम्पूर्ण तागत तनहुँ १ मा, प्रभावशाली नेताहरू गोविन्दको प्रचारमा

कांग्रेसको सम्पूर्ण तागत तनहुँ १ मा, प्रभावशाली नेताहरू गोविन्दको प्रचारमा

  • मिडिया डबली
  • बुधवार, चैत्र २९ २०७९

  • 2.6K
    SHARES

  • कांग्रेसको सम्पूर्ण तागत तनहुँ १ मा, प्रभावशाली नेताहरू गोविन्दको प्रचारमा

    काठमाडौं - नेपाली कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेसको राम्रो पकड भएको तथा राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि तनहुँ १ कांग्रेसको मुख्य प्राथमिकतामा परेको हो ।

    सोही कारण अहिले कांग्रेसका प्रभावशाली नेताहरू तनहुँ १ पुगेर उम्मेदवार गोविन्द भट्टराईसँग मत माग्नेक्रम तीव्र पारिएको छ । बारा २ मा आफ्नो उम्मेदवार नभएको र चितवन २ मा गुमेको साख फिर्ता हुने सम्भावना देखिएपछि कांग्रेसले तनहुँ १ लाई जित्ने गरी प्रतिष्ठाको विषय बनाएको हो ।

    यसअघि राष्ट्रपति रामवरण यादवको निर्वाचन क्षेत्र धनुषा ४ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार चन्द्रमोहन यादव पराजित भएको इतिहास रहेकाले अहिले कांग्रेसले पूरै ध्यान तनहुँ १ मा केन्द्रित गरेको हो । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ १ मा चुनावी कमान्डर बनाएको छ ।

    केही अघिसम्म कांग्रेसमै रहेका स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उम्मेदवार बनेपछि कांग्रेसले महामन्त्री थापालाई कमान्डर बनाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले अहिले थापाको परीक्षण लिइरहेका छन् ।

    उम्मेदवारी दर्ता गरेदेखि नै थापा भट्टराईलाई जिताउन विभिन्न रणनीतिमा लागेका छन् । उनी हाल काठमाडौंमा भए पनि तनहुँका प्रभाव पार्न सक्ने नेताहरूसँग उनको भेटघाट जारी छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ १ मै अड्डा जमाएर बसेका छन् ।

    उनी तनहुँ २ मबाट विजयी भएका हुन् । पहिले भण्डारीले तनहुँ १ बाटै चुनाव जितेका थिए । यसपटक पौडेल १ बाट उठेपछि शंकर २ नम्बर क्षेत्रमा पुगेका हुन् ।

    कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तनहुँमा भट्टराईको पक्षमा माहोल बनाउन पुगेका छन् । उनले तनहुँ १ का विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

    शर्मा तनहुँ कांग्रेसमा लोकप्रिय छन् । कांग्रेस नेता एवं सांसद प्रदीप पौडेल पनि तनहुँ १ मा पुगेका छन् । उनी मंगलबार नै तनहुँ पुगेर घरघरमा भट्टराईलाई भोट माग्न व्यस्त छन् । पौडेलको गृहजिल्ला भएकाले तनहुँमा उनको राम्रो प्रभाव छ ।

    त्यस्तै, कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई अत्यधिक मतका साथ जिताउन आग्रह गरेका छन् ।

    बुधबार बिहान तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले भट्टराई निष्ठावान र इमान्दार नेता भएकाले तनहुँले न्याय गर्नुपर्न बताए ।

    उनले कांग्रेसले तनहुँलाई सरकार बनाउँदा होस् वा राज्यको प्रमुख तहमा स्थान दिएको स्मरण गराउँदै भने, ‘उहाँलाई अत्यधिक मतले विजयी गराउनुस् । मन्त्रीपरिषद् विस्तार हुँदा उहाँ मन्त्री नबन्नुहोला भन्ने के छ र ?’ नेता सिंह सेड्युल बनाएरै चुनावी प्रचारमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २२ २०७९०६:०३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend