आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनसँग वार्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

बालेनसँग वार्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मिडिया डबली
  • मंगलवार, चैत्र २८ २०७९

  • 3.7K
    SHARES

  • बालेनसँग वार्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ– सिंहदरवारको फोहोर नउठाएको विषयमा संघीय सरकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग छलफल गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहसँग छलफल गर्ने निर्णय गरेको हो।

    संघीय सरकारले आफ्ना काममा सहयोग नगरेको भन्दै सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन महानगरको सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। उनको निर्देशनपछि सिंहदरवारमा फोहोर थुप्रिन थालेको छ।

    ‘फोहोर नउठेको विषय गम्भीर कुरा हो। यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निर्णय भयो,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था हो। यो व्यवस्था परिवर्तन भएको छैन। व्यवस्था परिवर्तन नहुँदै महानगर प्रमुखले त्यस्तो घोषणा किन गर्नुभयोरु यसलाई सरकारले गम्भीर रुपमा लिएको छ।’ संघ सरकारले महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जिम्मेवारीबोध गर्नसमेत सचेत गराएको छ।

    यसअघि सोमबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले महानगरसँग वार्ता गर्न आग्रह गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend