काठमाडौं - पत्रकार किरण पोखरेल राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।
पौडेलले पोखरेललाई आइतबार नियुक्त गरेका हुन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेल पुराना पत्रकार हुन् ।
उनले लामो समयसम्म अन्नपूर्ण पोस्टमा पत्रकारिता गरेका थिए । पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्तसमेत हुन् ।
यसअघि पौडेलले निजी सचिवालयमा मिडियासमेत हेर्ने गरी पत्रकार खिला कार्कीलाई नियुक्त गरेका थिए । राष्ट्रपतिले अहिलेसम्म सल्लाहकार र स्वकीय सचिव गरी १० जनालाई नियुक्त गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।