बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गोविन्दराज जोशीलाई कांग्रेसको पूर्वपदाधिकारीको वरीयता

गोविन्दराज जोशीलाई कांग्रेसको पूर्वपदाधिकारीको वरीयता

  • मिडिया डबली
  • सोमवार, चैत्र २० २०७९

  • 6.3K
    SHARES

  • गोविन्दराज जोशीलाई कांग्रेसको पूर्वपदाधिकारीको वरीयता

    काठमाडौं– नेपाली कांगेसले तनहुँका गोविन्दराज जोशीमाथिको कारबाही फुकुवा गरेसँगै उनी अब पूर्वसहमहामन्त्रीको हैसियतमा रहने भएका छन् । तनहुँ २ मा अघिल्ला दुई निर्वाचनमा कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएका जोशीलाई पार्टीले अनुशासनको कारबाही गरेपछि उनको पूर्वपदाधिकारीको वरीयता खोसिएको थियो । तर आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनको कारबाही फुकुवा गरेको छ । 

    तर कांग्रेसले कारबाही फुकुवा गरे पनि जोशीले अस्वीकार गरेका छन् । उनले आफू कांग्रेस नै नभएको भन्दै अस्वीकार गरेका हुन् । यद्यपि जोशीले तनहुँ २ मा आफ्नो समूहले उपनिर्वाचनमा उम्मेदवार नउठाउने र तठस्थ बस्ने निर्णय गरेका छन् । तनहुँ २ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएसँगै जोशीले यसपटक आफ्नो समूह चुनाव नलड्ने, तठस्थ बस्ने निर्णय गरेको हो ।

    जोशी कांग्रेसका पूर्वसहमहामन्त्री हुन् । कांग्रेसबाट गृह र शिक्षामन्त्री भइसकेका जोशीकै पहलमा अहिले सानेपामा रहेको केन्द्रीय कार्यालय निर्माण भएको हो । जोशीको तनहुँ २ मा सात हजारभन्दा बढी भोट छ । कांग्रेसले कारबाही फुकुवा गरिसकेकाले अब उनलाई पार्टीमा पूर्वपदाधिकारीको हैसियतमा बैठकमा भाग लिन बाटो खुलेको छ । आफूमाथि भएको अन्याय पार्टीका फोरममा राख्ने अवसर खुलेको छ । तनहुँवासी जोशीलाई कारबाही गरेर ठूलो अन्याय गरेकोमा सहमत छ । जोशीका प्रतिस्पर्धी नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले पनि अब उनले तनहुँमा कांग्रेसलाई घाटा हुने राजनीति गर्ने छैनन् भन्नेमा धेरै आशावादी देखिएका छन् ।

    मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार मत ल्याएका थिए । जोशीले ६ हजारभन्दा बढी मत ल्याएका थिए । यदि अहिले जोशीले आफ्नो मत कांग्रेसको पक्षमा खसाल्ने वातावरण बनाइदिएमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ३० हजार मत ल्याउने र त्यो जितका लागि पर्याप्त हुने नेताहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend