बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसले उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटायो, तनहुँमा गगन र चितवनमा विश्वप्रकाश 

कांग्रेसले उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटायो, तनहुँमा गगन र चितवनमा विश्वप्रकाश 

  • मिडिया डबली
  • आइतवार, चैत्र १९ २०७९

  • 3.0K
    SHARES

  • कांग्रेसले उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटायो, तनहुँमा गगन र चितवनमा विश्वप्रकाश 

    काठमाडौं– नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो । 

    तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ जाने छन् ।महामन्त्री थापासँग केन्द्रीय सदस्य उमेशजंग रायमाझी पनि तनहुँ जाने छन् । महामन्त्री थापाले गोविन्दराज जोशीलाई भट्टराई पक्षमा समर्थन गराउने प्रयास गरिरहेका छन् ।

    यस्तै महामन्त्री शर्मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन चितवन जाने भएका छन्। शर्मासँग सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवनको उम्मेदवारी कार्यक्रममा सहभागी हुने छन् ।

    तनहुँ–१ मा महामन्त्री थापा र चितवन २ मा शर्माले समन्वयको जिम्मा पाएका छन् । दुवै महामन्त्रीले मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend