काठमाडौं– नेपाली कांग्रेसले मन्त्रीको संख्या र सम्हाल्ने मन्त्रालयको टुंगो लगाएको छ। स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्री प्रवक्ता प्रकाशशण महतलाई बनाउने भएको छ।
यस्तै सहरी विकास मन्त्री एनपी साउद, सामान्य प्रशासन मन्त्री धनराज गुरुङ, स्वास्थ्य मन्त्री मोहन बस्नेत, कानूनमन्त्री डिगबहादुर लिम्बुलाई बनाउने भएको छ। यस्तै भूमि व्यवस्था मन्त्रालयमा सीता गुरुङलाई पठाउने भएको छ।
कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश रिजाल मध्ये कसले परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन। उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।