आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल–भारतको सांस्कृति र आध्यात्मिक सर्किट चिनाउने पुस्तक सार्वजनिक

नेपाल–भारतको सांस्कृति र आध्यात्मिक सर्किट चिनाउने पुस्तक सार्वजनिक

  • मिडिया डबली
  • बुधवार, चैत्र १५ २०७९

  • 2.1K
    SHARES

  • नेपाल–भारतको सांस्कृति र आध्यात्मिक सर्किट चिनाउने पुस्तक सार्वजनिक

    काठमाडौं - नेपाल–भारतको सांस्कृति र आध्यात्मिक विभिन्न सर्किट चिनाउने पुस्तक सार्वजनिक भएको छ ।

    नेपाल–भारत उद्योग वाणिज्य संघले ‘रिलिजियस एन्ड स्पिरिच्युअल सर्किट नेपाल एन्ड इन्डिया’ नामक कफी टेबल पुस्तक प्रकाशन गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती, संघकी अध्यक्ष श्रीमती सृजना राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र पराराष्ट्रसचिव भरतराज पौड्यालले संयुक्त रुपमा सोमबार सो पुस्तकको लोकार्पण गरे ।

    नेपाल र भारतका आठजना सम्बन्धित क्षेत्रका विज्ञहरु मिलेर लेखेको पुस्तकमा नेपाल र भारतका शिव–शक्ति सर्किट, महाभारत सर्किट, रामायण सर्किट, बुद्धिस्ट सर्किट र सिख सर्किटलाई सामेल गरिएको छ ।

    पर्यटनमन्त्री किँरातीले नेपाल–भारतबीचको सम्बन्धको असाध्यै पुरानो, ऋषिमुनिहरुको पालादेखिको सम्बन्ध भएको र अत्यन्त घनिष्ठ सम्बन्ध रहेको बताए ।

    उनले पुस्तकले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पर्याउने बताए । भारतीय राजदूत नवीन श्रीवास्तवले संघको प्रकाशन यस पुस्तकले नेपाल र भारतबीचको सदियौंंदेखिको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २९ २०८१११:२७:१४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend