आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औँ संस्करण सुरु

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औँ संस्करण सुरु

  • मिडिया डबली
  • शनिवार, पौष २ २०७९

  • 2.3K
    SHARES

  • नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औँ संस्करण सुरु

    काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६ औं संस्करण शुक्रबारदेखि सुरु भएको छ।

    नेपालको रूपन्देहीस्थित नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा शुक्रबारदेखि सुुरु भएको संयुक्त सैन्य अध्यासमा दुवै देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेर दुवै देशको राष्ट्रिय झण्डा फहराएर सूर्यकिरण’ सैन्य अभ्यासको शुभारम्भ गरेका हुन्।

    दुई हप्तासम्म चल्ने यो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाका पैदल सैन्य दलले अन्तरसैन्य युद्ध क्षमतालाई सुदृढ बनाउनेबारेमा प्रशिक्षण र अनुभव साटासाट गर्नेछन्। साथै, प्रतिविद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे पनि संयुक्त अभ्यासमा अनुभव साटासाट गरेर तालिम दिइने जनाइएको।

    भारतीय सेनामा रहेको गोर्खा रेजिमेन्टको एउटा बटालियन पनि यो सैन्य अभ्यासमा सहभागी हुनेछ। त्यसका साथै, संयुक्त सैन्य अभ्यासमा नेपाल र भारतका सेनाले एक–अर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिका बारेमा पनि जानकारी गराउने कार्यक्रम रहेको छ।

    दुई देशबीचको संयुक्त सैन्य अभ्यास तालिम आगामी पुस १४ मा समापन हुनेछ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २९ २०८१११:२७:१४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend