आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

बागमती सरकारबाट एमाले बाहिरियो, कांग्रेसको ‘इन्ट्री’ हुँदै

बागमती सरकारबाट एमाले बाहिरियो, कांग्रेसको ‘इन्ट्री’ हुँदै

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १० २०७९

  • 2.2K
    SHARES

  • बागमती सरकारबाट एमाले बाहिरियो, कांग्रेसको ‘इन्ट्री’ हुँदै

    काठमाडौं - एक सय तीनपछि एमाले बागमती प्रदेश सरकारबाट बाहिरएको छ । एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने घोषणा गरेको हो ।

    केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएसँगै बागमती प्रदेशमा पनि एमाले सरकारबाट बाहिरिएको घोषणा गरेको हो । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने घोषणा गरेका हुन् ।

    प्रदेशसभामै एमालेका चारै मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कटेललाई सामूहिक राजीनामा बुझाए । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ सरकारमा सहभागी भएका थिए ।

    गत पुस २६ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । एमालेका मन्त्री बाहिरिएसँगै नेपाली कांग्रेसको सरकारमा इन्ट्री हुने भएको छ ।

    मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिएपछि कांग्रेस सरकारमा जाने भएको छ । कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्रीमा दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २५ २०७८१०:५९:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend