आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद दशैंसम्म सुरक्षित, प्रदेश सभामा सुनाइयो यस्तो निर्णय 

अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद दशैंसम्म सुरक्षित, प्रदेश सभामा सुनाइयो यस्तो निर्णय 

  • मिडिया डबली
  • आइतवार, आश्विन २४ २०७८

  • 4.4K
    SHARES

  • अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद दशैंसम्म सुरक्षित, प्रदेश सभामा सुनाइयो यस्तो निर्णय 

    काठमाडौं – नेकपा एमाले विभाजनपछि अल्पमतमा परेर पनि बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा रहिरहेकी अष्टलक्ष्मी शाक्यको पद दशैंसम्म सुरक्षित रहेको छ ।

    आईतबार बसेको बागमती प्रदेशसभा बैठकमा शाक्यले विश्वासको मत लिने प्रस्ताव राखेकी छन् । तर प्रस्ताव आजै आईतबार निर्णयार्थ पेश हुने भनिएपनि बैठक १२ दिनका लागि स्थगित भएपछि दशैंसम्म पद सुरक्षित रहने भएको हो । प्रस्ताव आजै निर्णयार्थ पेश गरिएको भए उनको पक्षमा बहुमत पुग्ने थिएन र उनी पदमुक्त हुनुपर्ने थियो ।

    मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिन प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । संवैधानिक प्रावधानअनुसार नै विश्वासको मतको प्रस्ताव पेश गरिएको शाक्यले जानकारी दिइन् ।

    मुख्यमन्त्री शाक्यले प्रदेश सभामा विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछि बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित गरिएको निर्णय सुनाइएको छ । विश्वासको मत लिने प्रस्तावको आगामी प्रक्रिया कात्तिक ४ गतेपछि अगाडि बढ्नेछ ।

    एमाले विभाजनको मुखमा रहेका बेला बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर एमाले प्रदेश संसदीय दलकी नेता शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ११ २०७८०२:००:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend