काठमाडौं – बागमती प्रदेश सभाको आज बिहीवार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेश सभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गर्नु भएलगत्तै कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको जानकारी दिए ।
बागमती प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।