आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका यी सांसद मन्त्री बन्दै, २ मन्त्री नियुक्त गर्ने तयारी

कांग्रेसका यी सांसद मन्त्री बन्दै, २ मन्त्री नियुक्त गर्ने तयारी

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 8.8K
    SHARES

  • कांग्रेसका यी सांसद मन्त्री बन्दै, २ मन्त्री नियुक्त गर्ने तयारी

    काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत गठबन्धन दलको समर्थनमा बागमती प्रदेशका मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

    कात्तिक ११ गते मुख्यमन्त्री पदको शपथ लिँदै ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका पाण्डेले थप २ मन्त्री नियुक्तिको तयारी गरेका छन् ।

    मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ । जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र लामा स्वास्थ्य मन्त्री बन्ने जनाइएको छ ।

    बिहीबार साँझ ५ बजे शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    मुख्यमन्त्री पाण्डेले आफू नियुक्त भएकै दिन कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गरेका थिए ।

    मन्त्री भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend