सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

कांग्रेस नेता खाणले भेटे प्रधानमन्त्री र उपेन्द्र यादवलाई

कांग्रेस नेता खाणले भेटे प्रधानमन्त्री र उपेन्द्र यादवलाई

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १० २०७९


  • कांग्रेस नेता खाणले भेटे प्रधानमन्त्री र उपेन्द्र यादवलाई

    काठमाडौँ - पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

    केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकुल सरकार बनाउने कसरत भएका बेला नेता खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवलाई छुट्टाछुट्टै भेटेका हुन् ।

    images
    images

    प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो ।

    प्रधानमन्त्री दाहालसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावशालीरूपमा सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।

    ‘प्रधानमन्त्री प्रचण्डज्यूसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,’ नेता खाणले भने, ‘संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नबारेमा कुराकानी भयो ।’

    गठबन्धनलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका नेता खाणसँग प्रधानमन्त्री दाहालले सत्ता भागबण्डाबारे पनि कुराकानी गरेका थिए ।

    जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पनि केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकुलको सरकार निर्माणलगायतबारे कुराकानी भएको खाणले जानकारी दिए ।

    २०७९ मा भएको प्रतिनिधि सभा प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका खाण प्रतिनिधि सभा निर्वाचन पश्चात पनि लेनदेनमा कम्प्रोमाइज गरेर भए पनि गठबन्धन टुटाउन नहुुने पक्षमा थिए ।

    २०७४ सालको निर्वाचनपछि बनेको नेकपा नेतृत्वको सरकारलाई फुटाएर त्यसबेला गठबन्धन निर्माण गर्ने सुत्रधारका रुपपा खाण रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०८:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend