काठमाडौं– निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए। सबै निर्वाचन निर्बाध, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवादसमेत व्यक्त गरे।
प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो।
चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो। एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झाबीच भएको प्रतिस्पर्धामा यादव निर्वाचित भइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।