काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने भएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि राप्रपा राष्ट्रपति निर्वाचनमा पनि तठस्थ बसेको थियो । राप्रपामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कसैलाई मत दिन नहुने बहुमत छ ।
राप्रपाको यो निर्णयसँगै एमालेबाट उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यको सम्भावना निकै कमजोर छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म उपराष्ट्रपति निर्वाचनबारे कुनै निर्णय गरेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।