आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सांसद चौरासियाको गर्जन : विद्या भण्डारीले राष्ट्रपतिको कार्यकाल एमालेको कार्यकर्ता बनेर विताइन्

कांग्रेस सांसद चौरासियाको गर्जन : विद्या भण्डारीले राष्ट्रपतिको कार्यकाल एमालेको कार्यकर्ता बनेर विताइन्

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 6.3K
    SHARES

  • कांग्रेस सांसद चौरासियाको गर्जन : विद्या भण्डारीले राष्ट्रपतिको कार्यकाल एमालेको कार्यकर्ता बनेर विताइन्

    काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पर्सा २ का सांसद अजयकुमार चौरासियाले विद्यादेवी भण्डारीको राष्ट्रपतिको कार्यकाल एमालेको कार्यकर्ताजस्तो भएको टिप्पणी गरेका छन् । 

    सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेता चौरासियाले राष्ट्रपति रामवरण यादवको कार्यकाल अत्यन्त सफल रहे पनि त्यसलाई विद्या भण्डारीले जोगाउन नसकेको जिकिर गरेका हुन् । 

    ‘राष्ट्रपतिको सीमा नाघेर नागरिकता विधेयकमा लालमोहर लगाउनुभएन । संसद विघटनमा संविधानको पालना गर्नुभएन । एउटा पार्टीको नेताको दबाबमा खुसी पार्न संवैधानिक राष्ट्रपति पदको मर्यादालाई बिर्सेर कार्यकारी राष्ट्रपति बन्ने प्रयास गर्नुभयो । राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल सुखद रहन सकेन,’ उनले भने ।  

    राष्ट्रपतिले असन्तुष्टि र असहमति राख्न पाए पनि संविधानलाई कुल्चिन नमिल्ने चौरासियाको भनाइ छ । राष्ट्रपति भण्डारीको कार्यकाल सन्तोषजनक नरहेको र एमालेको कार्यकर्ता बन्न पुगेको भन्दै बहिर्गमन पनि सुखद हुन नसकेको उनले बताए । 

    नेता चौरासियाले रामचन्द्र पौडेलको कार्यकाल सबैभन्दा अब्बल हुने विश्वास व्यक्त गरे । रामचन्द्र पौडेल लोकतन्त्र बहालीका लागि लामो जेल विताएको, मन्त्री हुँदा पनि कहिले पनि नैतिक आचारणको खिलापमा काम नगरेको, उच्च नैतिकता काम गरेको, कुनै आक्षेप पनि नलागेको सादगी नेता भएको बताए । मूल्य र मान्यताको राजनीति गर्ने व्यक्ति भएको उनको भनाइ छ । कुनै पनि परिस्थितिमा विचलित भएर काम नगरेको उनको ट्रयाक रहेको चौरासियाले बताए । पौडेलको कार्यकाल विवादरहित र निष्पक्ष हुने उनले विश्वास दिलाए । संविधानभित्र रहेर अधिकारको पालन गरेर संविधानको रक्षा र पालन गर्ने सहि ढंगमा लोकतन्त्र अघि बढोस् भनेर सरकारलाई घच्घच्याउने काम पौडेलले गर्ने विश्वास चौरासियाले दिलाए । राष्ट्रपतिको भूमिका विवादरहित हुनुपर्ने उनको जोड छ । 

    जसपाको भागमा उपराष्ट्रपति परेको र कांग्रेसले जसपाका रामसहाय यादवलाई समर्थन गर्ने बताए । यादव गठबन्धनको साझा उम्मेदवार भएको उनको भनाइ छ । सत्ता गठबन्धनका दलहरु बसेर एउटै उम्मेदवार तय गर्ने र सीके राउतले उठाएको उम्मेदवार ममता झाले फिर्ता गराइने चौरासियाले बताए । जनमतलाई अन्य भागवण्डामा समाहित गरेर सहमतिमा ल्याइने उनको भनाइ छ । 

    मधेस प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीमा दाबी रहेको बताए । तर गठबन्धनभित्रबाट टुंगो लाग्ने बताए । यो पटक कार्यकाल कांग्रेसले सम्हाल्ने उनको भनाइ छ । 

    उनले मधेश प्रदेशबाट आफू मन्त्री बन्ने चर्चा रहेको सुनेको भन्दै पार्टी र नेतृत्वले जे जिम्मेवारी दिन्छ त्यसलाई निर्वाह गर्ने बताए । जुनसुकै मन्त्रालय पाए पनि आफूले चलाउन सक्ने उनको भनाइ छ ।

    मुलुक अत्यन्त जटिल अवस्थामा रहेको, ब्याजदर बढ्दै गएको, वेस रेट पनि बढाएको भन्दै राष्ट्र बैंकले अग्रसरता लिएर तुरुन्तर ब्याजदर घटाउन माग गरे । ७ प्रतिशतमा लिएको ब्याजदर १५ प्रतिशतसम्म पुगेको भन्दै यो राष्ट्र बैंकको वेसरेट बढेकाले भएको र यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । सरकारले यसमा ध्यान नदिए अर्को पक्षले फाइदा उठाउने भएकाले प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धनबाट यो परिस्थितिबाट देशलाई निकाल्ने विश्वास व्यक्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ६ २०७९०९:१६:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend