आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीबाट मध्यराति संसद विघटन, मध्यावधि चुनावको मिति घोषणा

राष्ट्रपति विद्या भण्डारीबाट मध्यराति संसद विघटन, मध्यावधि चुनावको मिति घोषणा

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 4.2K
    SHARES

  • राष्ट्रपति विद्या भण्डारीबाट मध्यराति संसद विघटन, मध्यावधि चुनावको मिति घोषणा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा संसद विघटनको घोषणा भएको छ ।

    शुक्रवार राति आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले मध्यराति १२ः५० बजे प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले १ घण्टापछि राति १ः४९ बजे अनुमोदन गरेकी छन् ।

    राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन २०७८ मंसिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको छ ।

    राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले मध्यराति १ः४९ बजे सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको जनाइएको छ ।

    यसअघि समेत प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावको घोषणा गराएका थिए । तर त्यो कदमलाई  सर्वोच्च अदालतले फागुन ११ गते बदर गर्दै संसद् पुनर्स्थापना गरेको थियो ।

    ele.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend