काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति गरेकी छन् ।
बुधबार राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम सम्पन्न भएपछि नियुक्तिबारे जानकारी दिइएको छ । राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद् बैठकले यसअघि नियुक्तिको सिफारिस गरिएका व्यक्तिको संसदीय सुनुवाइका लागि संसद सचिवालयमा नामावली पठाएको भए पनि प्रतिनिधिसभा विघटन भएका कारण सभामुख अग्नि सापकोटाले नामावली परिषद्मै फिर्ता पठाएका थिए ।
त्यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्ष सहितका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।
नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ गराएका छन् भने सदस्यलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ गराउने व्यवस्था रहेको छ ।
पढ्नुहोस् नामावली –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।