काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहीवार लुम्बिनी भ्रमणमा जाँदैछिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटन गर्न राष्ट्रपति लुम्बिनी जान लागेकी छन् ।
राष्ट्रपति भण्डारीले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्वविद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले जानकारी दिए ।
त्यसअघि राष्ट्रपति भण्डारीले बिहीबारै कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।