काठमाडौं – विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको भोलिपल्टै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्काे अध्यादेश रेल्वे अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको जनाएका छन् ।
यसअघि हिजो मंगलबार राष्ट्रपतिबाट विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ अध्यादेश जारी भएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता गगनकुमार थापा लगायतले अध्यादेशबाटै देश चलाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । तर राष्ट्रपतिले अध्यादेश जारी गर्ने शृंखला रोकेकी छैनन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।