आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति निर्वाचन बहिष्कार गरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा एमालेलाई भोट हाल्ने

राष्ट्रपति निर्वाचन बहिष्कार गरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा एमालेलाई भोट हाल्ने

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 5.3K
    SHARES

  • राष्ट्रपति निर्वाचन बहिष्कार गरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा एमालेलाई भोट हाल्ने

    काठमाडौैं - उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । निर्वाचनमा चारजनाले उम्मेदवारी दिएकामा जसपाकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    अब एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा मैदानमा छन् । फागुन २५ गतेको राष्ट्रपति निर्वाचन बहिष्कार गरको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भने भाग लिने भएको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिट्टै पार्टीले निर्णय गर्ने जानकारी दिएका छन् । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्याक्रममा लिङ्देनले राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिस्कार नगरेको दाबी पनि गरे ।

    ‘यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको हो,’ उनले भनेका थिए । तर राप्रपाका सांसद संसद् भवनमै गएनन् ।

    राप्रपाले निर्वाचनको दिन मात्रै कसलाई मत दिने भन्ने निर्णय गर्ने बुझिएको छ । अहिले आचारसंहिताका कारण राप्रपा खुल्न नसकेको हो । विश्वस्त सूत्रका अनुसार राप्रपाले एमाले उम्मेदवार शाक्यलाई मत दिने निर्णय गर्ने छ ।

    एमालेसँग सम्बन्धका कारण राप्रपाले यस्तो निर्णय गर्ने भएको हो । राप्रपाको संघीय संसदमा १४ र प्रदेशतर्फ २८ सांसद छन् ।तर, राष्ट्रपति निर्वाचनमा तठस्थ बसेकाले उपराष्ट्रपति निर्वाचनमा पनि कतै खुल्न नहुने आवाज राप्रपामा बलियो नै देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend