काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ ।
राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाही लगायतका नेताहरु छन् । यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु भने कुनै एक उम्मेदवारलाई मत दिनुपर्छ भन्ने पक्षमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।