आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलकी श्रीमती सुजिता शाक्यले फोटो तोडमोड गर्दै छरिन् भ्रम

शंकर पोखरेलकी श्रीमती सुजिता शाक्यले फोटो तोडमोड गर्दै छरिन् भ्रम

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २० २०७९

  • 2.5K
    SHARES

  • शंकर पोखरेलकी श्रीमती सुजिता शाक्यले फोटो तोडमोड गर्दै छरिन् भ्रम

    काठमाडौं- माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन नगरेपछि विक्षिप्त बनेको एमाले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चरित्र हत्यामा उत्रिएको छ । एमालेका सानादेखि ठूला भनिने नेताहरूसमेत सामाजिक सञ्जालमा कुप्रचारमा उत्रिएका छन् ।

    यसैक्रममा एमाले महासचिव शंकर पोखरेलकी श्रीमती एवं सांसद सुजिता शाक्यले फेसबुकमा राखेको एउटा तस्बिरलाई लिएर व्यापक टीकाटिप्पणी भइरहेको छ । पूर्वभारतीय राजदूत एवं भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आफू राजदूत हुँदा लैनचौरमा आयोजित विशेष समारोहमा गरेको सम्बोधनको तस्बिर शाक्यले फेसबुकमा राखेकी छन् । जसमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपाल एउटै सोफामा बसेर सुनिरहेका छन् । तर तस्बिरको अर्को पाटोबारे उनले केही उल्लेख गरेकी छैनन् ।

    सोही तस्बिरको पल्लोपट्टि अहिले राष्ट्रपतिका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ पनि छन् । तत्कालीन भारतीय राजदूत क्वात्रा कार्यकाल समाप्त गरी स्वदेश फर्कदै गर्दा दूतावासले ०७८ चैत २९ गते बिदाइ समारोहको आयोजना गरेको थियो। बिदाइ समारोह तथा रात्री भोजमा तत्कालीन प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायतका नेता र मन्त्रीहरु सहभागी भएका थिए ।

    लैनचौरस्थित दूतावास सोही समयमा खिचिएको एउटा फोटो पोष्ट गर्दै पोखरेल पत्नी शाक्यले नयाँ गठबन्धनका नेताहरु भारतीय दूतावासमा जम्मा भएर नेपालविरुद्ध षडयन्त्र गरिरहेको आसयमा स्ट्याटस लेखेकी छिन् । शाक्यले लेखेकी छन्– तस्विर आफै बोल्छ, गठबन्धन किन फेरिएछ ? भारतबाट आयातित विषादीयुक्त तरकारीमा क्वारेन्टाइन जाँच किन रोकिएछ ? राष्ट्रपतिमा अरू होइन कांग्रेस नै किन चाहिएछ ? यी सबैका विरुद्ध जनता र राष्ट्रलाई बचाउन एमाले ढाल बनेर उभिँदा उनका विरूद्ध घेराबन्दी गर्न जनविरोधीहरू सबै एक भएर धुइरिएछ।’ यो स्टाटसपछि शाक्यको आलोचना पनि सुरु भएको छ।

    एमाले नेता एवं अहिले राष्ट्रपतिको उम्मेदवार नेम्वाङको फोटो काटेर कांग्रेस, माओवादी र एकिकृत समाजवादीका नेताको मात्रै फोटो राखेर भ्रम छरेको फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend